arrow
ADVERTISEMENT

संसद भवन निर्माणमा ढिलाइप्रति उपप्रधानमन्त्री सिंहको असन्तुष्टि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
prakashman-04-15.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुगेका उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन् । 

उनले सबै सम्भावनाहरूलाई प्रयोग गरेर भए पनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामहरूको सङ्ख्या बढाएर कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए । समयमै काम सम्पन्न हुने गरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घुच्च्याउने काम गरिहेका उपप्रधानमन्त्री सिंहले बताए । बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो । 

उनले भने, ‘यो भवन अलि चाँडो निर्माण गर्नुपर्‍यो भन्ने कुरामा हाम्रो सल्लाह भए अनुसार नै साईट भिजिट गरेर कन्ट्रयाक्टरलाई पनि बोलाउने, उसको अवस्था के छ ? त्यो पनि बुझने । र, यो कन्ट्रयाक्ट हुँदाखेरी भएको सम्झौता अनुसार काम गर्नका लागि के गर्न सकिन्छ, काम गर्नका लागि स्पिड कसरी बढाउन सकिन्छ ? सबै सम्भावनाहरूलाई प्रयोग गरेर यसलाई पूरा गर्नेतर्फ हामीले जोड दिइरहेका छौं । यत्रो ह्युज स्ट्रक्चर छ यो । काम चाहिँ गर्दैछ । तर, डबल सिफ्ट, त्रिपल सिफटमा गरेर भए पनि यसलाई अव सम्झौता गरेको पछिल्लो अवधि पनि नौं महिनामा समाप्त हुन्छ । नौ महिनामा यो बाँकी रहेका सबै कामहरू सकाउनका लागि त यसमा सिफ्टहरू त बढाउनु पर्‍यो नि त । त्यसमा जोड दिन हामीहरूले घचघच्याईरहेका छौं । र हामो चाहना के हो त भन्दा खेरी टाईमली यो बनोस् । र यो आउने हिउँदे अधिवेशन यही गर्न पाए राम्रो हुन्छ भन्ने कुरा त्यही हो । अब यो काम डवल सिफ्ट, ट्रिपल सिफ्ट गर्नुपर्ने हो । त्यसको गतिविधि अहिले देखा परिराखेको छैन । अब आज हामी यहाँ आउनु अघि पनि कन्ट्रयाक्टरलाई हामीले सूचना दिएकै हो । कन्ट्रयाक्टर यहाँ देखा परिराखेको छैन । अब यो बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समय भित्रै सक्नका लागि कामको तीव्रता देखापरेको छैन । त्यसलाई घचघच्याइनका लागि पनि हामी काम गर्र्छौं ।’

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताए । उनका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ । बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलाले बताए । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्ने गरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ