arrow

दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकार क्रियाशील छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
Hikmat-karki-cm-koshi.jpg
फाइल तस्बिर

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।

नेपाल चिकित्सक सङ्घ कोशी शाखाको निर्वाचित कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गर्न आयोजित कार्यक्रममा उनले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहज रूपमा प्रदान गर्ने उद्देश्यले यसपालीको नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गरिएको बताए ।

मुख्यमन्त्री कार्कीले जनताको घरघरमा स्वास्थ्य सेवा पुर्याउनका लागि केकस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै एक कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझावमन लागि सङ्घलाई आग्रह गरे । 

उनले सरकारी स्वास्थ्य संस्थाका भौतिक संरचना बलियो बनाउने कार्य सुरू गरेको र यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माणगरी सञ्चालनमा आएको बताए । 

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले चिकित्सकको विदेश पलायन रोक्न आवश्यक सेवासुविधा स्वदेशमा नै उपलव्ध गराउनुपर्ने सुझाव दिए ।

सङ्घका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो गरे । 

मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरीलगायत समितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ