arrow

दुई आयोजनालाई अनुमति

logo
प्रकाशित २०७३ मंसिर २३ बिहिबार
micro_hydro_cartoon1.jpg.jpeg
काठमाडौँ । ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आयोजनालाई विद्युत् उत्पादनको अनुमति प्रदान गरेको हो ।
 
 विभागले म्याग्दीमा आयोजनास्थल रहेको ३७ मेगावाटको तुँदी पावर कम्पनीले अगाडि बढाउन लागेको राहुघाट मगाले जलविद्युत् आयोजना तथा ४३ मेगावाटको माथिल्लो न्यासिम खोलाबाट बिजुली उत्पादन गर्न सिन्धुज्वाला हाइड्रो पावरलाई विद्युत् अनुमति प्रदान गरिएको विभागले जनाएको छ । 
 
राहुघाट आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो । दुवै आयोजना आगामी २५ वर्षका लागि प्रदान गरिएको हो । विभागका अनुसार हालसम्म ११५ आयोजनाबाट तीन हजार ३४० मेगावाट बिजुली उत्पादन गर्न अनुमति प्रदान गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ