arrow

बंगलादेशका हिन्दू र बौद्धहरूको संरक्षणका लागि ठोस कदम चाल्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
rea-81-4-24.jpg

काठमाडौँ । बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचारको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघ-संगठनहरूको सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

राष्ट्रिय एकता अभियानले समन्वय गरेको उक्त बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेका छन् ।

बैठकको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन बास्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणामी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियंता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचंद्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, श्री नेपाल वैदिक संचार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ॐ ढकाल, दीपक सिंह महर्जन लगायतको सहभागिता रहेको थियो ।

बैठकमा बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारले घोषणा गर्न दवाव दिने निर्णय गरियो । साथै परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि दमन रोक्न कुटनीतिक नोट पठाउन दबाब दिने निर्णय पनि गरियो ।

सर्वपक्षीय बैठकमा सहभागीहरूद्वारा नेपालस्थित बङ्गलादेशको दूतावास घेराउ कार्यक्रमको योजनासमेत बनाइएको छ। घेराउ कार्यक्रम मार्फत बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचारको विरुद्धमा कडा सन्देश पठाउने उद्देश्य राखिएको छ।

बैठकमा सहभागीहरूले बङ्गलादेशमा भएका अत्याचारहरूको विरोधमा आवाज उठाउन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय गरेका छन् । बैठकका सहभागीहरूले बङ्गलादेशमा भइरहेको क्रूरतापूर्ण घटनाहरूको विरोधमा सबैलाई एकजुट भएर लड्न आह्वान गरेका छन् ।

बैठकले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ। सहभागीहरूले बङ्गलादेशमा भइरहेको अत्याचारहरूलाई अन्त्य गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ