arrow

ओलीको भनाइ - भ्रष्टाचार गर्दिन, राज्यबाट केही लिनु छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
kp-oli-04-25.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिविद्धतासमेत दोहोर्‍याए । 

देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भनी प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । 

उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे। प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए । 

उनले भने, ‘गरिबी छ । बालबालिकाहरू खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । म ती बच्चाबच्चीहरुले खाना नपाएर रोएको देख्दा आँखामा आँसु आउँछ । म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति आफ्नो खल्तीमा सार्न सक्छु ? म सक्दिन । त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई लाग्छ । म एउटा पोलिटिक्स गर्ने मान्छे । तर लायन्ससँग मेरो भावना मिल्छ । मलाई राज्यबाट केही लिनु छैन । राज्यलाई सुव्यवस्था कसरी दिन सकिन्छ ? उत्पादन, उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ ? जनतामा आम्दानीको स्रोत कसरी खडा गर्ने, उद्यमशीलता, रोजगारी आदिबाट । र हामीले पछिल्लो नेपाललाई विकसित नेपाल, अविकसित नेपाललाई विकसित नेपाल बनाउनु छ । अस्ति संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिलाई मैले भने–मेरो सबैभन्दा ठूलो चासोको विषय निरपेक्ष गरिबिको रेखामुनि रहेर, खाना लगाउन नपाएर तड्पिएका बालबालिकाहरू हुन् । त्यस्तै पीडा भोगेका जनता हुन । आफ्नो छोराछोरीले भोकले रुँदा खेरी केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो त्यही परिवर्तन गर्नु छ हामीले । त्यसका निम्ति सुशासन दिनु छ । विकासको गतिलाई तीव्र ढङ्गले अघि बढाउनु छ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरूलाई पुर्‍याउनु छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ