नरेन्द्र मोदीलाई ओलीले गरे नेपाल भ्रमणको निमन्त्रणा
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
495
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
शिष्टाचार भेटका लागि यहाँ आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।