प्रतिनिधि सभा बैठक बस्दै, टीआरसी विधेयक सम्बन्धी प्रतिवेदन पेश हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
2.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । एक साताको अन्तरपछि प्रतिनिधि सभा बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
कानून, न्याय तथा मानवअधिकार समिति सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।