arrow

लोकतन्त्रविरुद्ध केही प्रवृत्ति देखिन थालेका छन् – केपी शर्मा ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
kp-sharma-oli-81-4-30qq.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सधै लोकतन्त्रको सम्मान गर्ने बताउँदै पछिल्लो समय लोकतन्त्र विरुद्ध केही प्रवृत्ति देखिन थालेको भन्दै सचेत गराएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले के गरे के हुन्छ भन्ने थाहा नभएकाहरु कुनै गन्तव्य बिना लोकतन्त्रविरुद्ध बोल्न थालेको भन्दै सरकार यस विषयमा गम्भीर भएको बताएका छन् । 

लोकतन्त्रका लागि धेरैको बलिदान भएको भन्दै बलिदान कसैको पनि ख्यालख्यालमा नजाने गरी सरकार गम्भीर भएको बताए । 

उनले प्रजातन्त्रका लागि शवसमेत विदेशबाट स्वदेशमा ल्याउन नदिइएको र निर्वाचित प्रधानमन्त्रीसमेत जेल गएर बस्नुपर्ने अवस्था देखेको मुलुकमा फेरि पनि पुरानो गलत पुनरावृत्ति हुन नदिने उनले दृढता व्यक्त गरे । 

उनले दीगो र टिकाउ लोकतन्त्र मात्र भएकाले यो प्रणालीलाई व्यवस्थित गर्नका निम्ति नेपाली जनताले सबैको प्रतिनिधित्व गरेर दुई पटकको संविधान सभामार्फत संविधान लेखिएको बताए । 

यस्तो लोकतान्त्रिक सरकारले प्रतिगमन गर्छ भनेर सोच्नु कहाँसम्मको गलत हो भन्दै विश्वस्त हुन लोकतन्त्रवादीहरुलाई आग्रह गरे । 

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सहमतिमै छिट्टै टुंगिने विश्वाससमेत व्यक्त गरेका छन् । 

१८ वर्ष लामो यो श्रृंखला अब विधेयक संसदमा छिट्टै पारित भइ कार्यान्वयन पनि छिट्टै हुने विश्वास गरे । 

उनले केही समयपछि नै शान्ति प्रक्रिया सफलतापूर्वक टुंग्याउने बताए । उनले नेपाल नै विश्वकै अनुकरणीय देश हुने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ