arrow

केपी ओलीको प्रधानमन्त्री पदमा नियुक्ति विरुद्धको रिट खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
kp-sharma-oli-pm-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीवरुद्धको रिट खारेज भएको छ । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति संवैधानिक नरहेको भन्दै दायर गरिएका रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको दाबीसहित तीन वटा रिट परेका थिए । सर्वोच्चले तीनै वटा रिट बुधबार एक महिनापछि खारेज गरिदिएको हो ।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए । निवेदकहरूले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने भएकाले ओलीको नियुक्ति असंवैधानिक रहेको दाबी गरेका थिए ।

उपधारा ३ मा प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तर विकल्प हुँदाहुँदै अर्को धारामा गइरहनु पर्ने आवश्यकता नहुने संविधानविद्हरुले ब्याख्या गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ