- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न सङ्गठित प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरूले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न सङ्गठित प्रयास गरिरहेको बताए ।
एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताए । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए । सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको बताए ।
भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने पनि प्रधानमन्त्री ओलीले बताए । आफूले शून्य सहनशीलताको नीति अवलम्बन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकार कसैको विरुद्धमा नभएको बताए । कानून विरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने स्पष्ट पारे । लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानून चाहिने बताए ।