arrow

वजार पाएसँगै गुल्मीका कृषक सुन्तलाखेतीमा आर्कषित

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर २६ आइतबार
gulmiorange.jpeg
 गुल्मी। गुल्मीको विकट र दुर्गम गाविस अर्लाङ्गकोट ददल्कामा उत्पादित सुन्तलाले बजार पाउन थालेको छ । ददल्का गाँउमा यातायातको सुविधाले उत्पादित सुन्तलाहरु स्थानीय तथा शहरवजारका विभिन्न स्थानसम्म पुग्न थालेपछि कृषकहरु सुन्तलाखेती तर्फ थप आकर्षित भएको युवा व्यवसायी सुधन खरेलले जानकारी दिए ।
 
साथै सुन्तला व्यवसायी सुधन खरेलले भने गाँउमा उत्पादन भएका सुन्तलालाई डोकोमा बोकेर दुई-तिन घण्टाको पैदल यात्रा गरि स्थानीय बजारसम्म पुर्‍याउन कृषकहरुलाई निकै समस्या भइरहेका अवस्थामा आफूले गाँउका सुन्तलाको मूल्य र उचित वजारको राम्रो व्यवस्था मिलाउन दुःख र मिहेनत र मँहगो गाडीभाडा तिरेर  भएपनि गाँउका सुन्तलाको ठेक्का खरिद गरि सुन्तलालाई स्थानीय तथा बुटवल र काठमाण्डौका शहर बजारसम्म सुन्तला पुर्‍याउन  र बजार विस्तार गर्न आफू लागि परेको समेत  उनले  बताए ।
 
यसरी ददल्का गाँउका कृषकहरुका बारी र ढिककाल्ना लगायतमा फलेका सुन्तलाको उचित मूल्य र  खरिद र दरभाउले गर्दा  आफूलाई डोकोमा बोकेर आफ्नो सुन्तला बेच्न कहिकतै जानु नपरेको  अर्का सुन्तला व्यवसायी भिम बहादुर भण्डारीले बताए ।साथै सुन्तला उत्पादनको लागि उर्वर भूमि मानिने ददल्कालाई गाविसलाई जिल्ला कृषि विकास कार्यालय गुल्मीले पकेट क्षेत्रको रुपमा समेत घोषणा गरेको छ ।  
 
हालको सिजनमा ददल्कामा करिव ४ सय  कुन्टल बराबरको सुन्तला उत्पादन भएको व्यवसायी   सुधन खरेलले जानकारी दिए । यतिबेला ददल्काबासी  युवा कृषकहरु भने अन्य पेसा भन्दा पनि आफ्ना बारी र ढिक काल्नाहरुमा समेत  सुन्तला रोपी सुन्तलाखेती तर्फ आकर्षित भएका छन् । हाल भने ददल्कामा व्यवसायिक रुपमा झण्डै ४० भन्दा माथिका सुन्तलाखेती गदै आइरहेका  छन् । तश्वीर कौरव खत्री



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ