सातौं राष्ट्रिय खेलकुद : मध्यमाञ्चलबाट लनटेनिस खेलाडी छनोट
प्रकाशित २०७३ मंसिर २६ आइतबार
927
Shares
काठमाडौं । सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट लनटेनिस खेलाडी छनोट भएका छन् । आइतबार सकिएको छनोटमा ५–५ पुरुष–महिला गरी १० खेलाडी छनोट भएका हुन् ।
जारी क्षेत्रीय छनोट प्रतियागिता अन्तर्गत मध्यमाञ्चलबाट लनटेनिसमा पुरुषतर्फ शिवराम मगर, अञ्जन थिङ, सहर्षवरदान चन्द, आदित सुवेदी र आदित्य सुवेदी छनोट भए । यस्तै, महिलातर्फ शर्भानी श्रेष्ठ, रायना शाह, स्नेहा यादव, अल्सा रेग्मी र मेधावी गिरी छनोट भए ।