arrow

स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण

गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन- प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
kp-oli-05-05.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन्  । बुधबार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । 

उनले देहबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराए । उनले सहकारीमा गैरसहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । उनले स-साना पुँजीले अलि ठूला कामहरू गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैरसहकारी तत्त्वहरू केही सहकारीमा प्रवेश गरे । सहकारी अचानक ठूला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढङ्गको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुन तः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुटाइसकेको छ । कतिपय सहकारी अप्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्त्वहरू त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरूको व्यापक नेटवर्क बनाउनु पर्छ । स-साना पुँजीले अलि ठूला कामहरू गर्ने गरी अघि बढ्नुपर्छ । स्टार्टअप विभिन्न क्षेत्रमा चान्स छ । अब हामीकहाँ एक ढङ्गले भन्ने हो स्टार्टअपका लागि अनुकूल वातावरण बनेको छ । हाम्रा युवाहरु बाहिर गइरहेका छन् । कामको खोजीमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ । सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ