arrow

सदनमा जवाफ दिँदै प्रम ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
kp-oli-04-30.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै छन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदले सोधेको प्रश्नको जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ । 

साथै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा माननीय सदस्यहरूको नाम हेरफेर गर्नेछन् । तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गर्नेछिन् । 

धितो पत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिने छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितो पत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्नेछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिनेछ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ