arrow

संसदमा प्रधानमन्त्रीको जवाफ

संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ - प्रम ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
kp-oli-05-06.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताए । 

उनले गणतन्त्र र संविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताए । उनले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरूको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताए । उनले जनताका समस्याहरूको समाधान र अधिकारहरूको सुरक्षा गरिने बताए । 

उनले भने– ‘यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ । यसको कार्यान्वयन भनेको यसको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा, राष्ट्रिय हितहरूको रक्षा र जनताका समस्याहरूको समाधान, जनताका अधिकारहरूको सुरक्षा । यी कुराहरू गर्दै अगाडी जाने हो ।’ 

प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताए । उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ