प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
916
Shares
काठमाडौँ । सर्वोच्च अदालतले नियमित चलिरहेको नेपाल प्रहरीको ३० वर्षे सेवा हदलाई तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जना प्रहरी अधिकृतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि ३० वर्षे सेवा हदलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यसले आगामी भदौ १६ गते अनिवार्य अवकाशमा जाँदै गरेका निवेदकहरु २१ जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०८ अधिकृतहरुलाई तत्काललाई राहत दिएको छ । उनीहरु सबैको जागिर तत्कालका लागि जोगिएको छ ।
उनीहरु यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहने छन् ।
यसअघि बृहत्पूर्ण इजलासले दिएको आदेश कार्यान्वयन नभएको विषयमा पनि प्रश्न उठाइएको छ ।