arrow

भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री- ‘माननीयज्यूहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
kp-oli-01-20.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताए । 

राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद बैठकमा सांसदहरूले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताए । 

उनले भने, ‘संसद्मा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला । संसद्मा छलफल हुन्छ, संसद्ले निर्णय गर्छ । संसद्मा छलफल भइरहेको छ । मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’ प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसद्मा पनि छलफल गर्ने र संसद्को निर्णयअनुसार विधेयक अघि बढ्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ