arrow

सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्- ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
oli-05-09.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् । शनिबार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताए । 

वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो । 

उनले भने, ‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ