‘अब युवायुवतीलाई मात्र होइन ज्येष्ठ नागरिकका लागि पनि खेल’
प्रकाशित २०७३ मंसिर २७ सोमबार
845
Shares
इटहरी । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले किशोरकिशोरीलाई मात्र भनई हरेक उमेर समूहका व्यक्तिमा खेल अनिवार्य भएको बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला परिसरमा निर्माण गरिएको ज्येष्ठ नागरिक खेल भवन शिलान्यासका क्रममा उनले उमेर ढल्कँदै गएपछि पनि स्वास्थ्यका लागि खोल आवश्यक हुन्छ तर खेल्न नसक्नेले भने योगजस्ता साधनामा ध्यान दिन सकेपनि शरिर फूर्तिलो राख्न सकिने पनि बताए ।
भवन निर्माणका लागि राखेपबाट २५ लाख, २५ लाख ज्येष्ठ नागरिक समाजबाट र २५ लाख इटहरी उपमहानगरपालिकाबाट व्यहोरिने सो अवसरमा बताइयो ।
राखेपको नाममा रहेको सात बिगाह १० कट्ठा जमिनमध्ये ज्येष्ठ नागरिक खेल भवन निर्माणका लागि आवश्यक जमिन उपलब्ध गराउनेतर्फ पहल भइसकेको पनि जानकारी गराइयो ।