arrow

विद्युत्भार कटौतीमुक्त गर्न थप बजेट निकासा

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
bulb-by-mynewslinx.blogspotdotcom.jpg.jpeg
काठमाडौँ। विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले ५ अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ । ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ । 
 
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार उक्त बजेट विनियोजनसम्बन्धी निर्णय सदर गरेका हुन् । विद्युत् पोल, तार केवल, ट्रान्सफर्मर, नयाँ मिटर खरिदका लागि सो रकम खर्च गरिने उपप्रधानमन्त्री महराका प्रेस विज्ञ त्रिभुवन पौडेलले बताए । 
 
प्रेस विज्ञ पौडेलका अनुसार उक्त रकम विशेषगरी ऊर्जा सङ्कट न्यूनीकरण कार्ययोजनामा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिएको हो । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको विद्युत् सङ्कट समाधान विषयक छलफल कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले ऊर्जा मन्त्रालयको सबै प्रस्तावमा अर्थले स्वीकृति प्रदान गरिसकेको बताए । 
 
ऊर्जा मन्त्रालयले प्रस्ताव गरेको इन्जिनियरिङ परामर्श कम्पनी, विद्युत् व्यापार कम्पनीलगायत विषयमा स्वीकृति प्रदान गरिसकिएको बताउँदै उनले भने – तर राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा भने हालसम्म कुनै निर्णय हुन सकेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ