मोरङलाई माछामा आत्मनिर्भर बनाउन ‘माछा जोन’ कार्यक्रम
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर २७ सोमबार
1k
Shares
विराटनगर । मोरङ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालनमा आएको छ । परियोजना अन्तर्गत मोरङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउन माछा जोन कार्यक्रमका संचालनमा ल्याइएको छ ।
जिल्लामा माछा उत्तपादनका लागी सम्भाव्यता अध्यन गरेर जोन संचालनमा ल्याइएको हो । मोरङको रंगेलीमा सोमबार एक कार्यक्रमको आयोजनागरी माछा जोनबारे कृषकहरुलाई जानकारी गराइयो । मोरङको रंगेली नगरपालिका, सोराभाग, कटहरी तथा बबियार्बिता गाविस माछा जोनका लागी छनाट भएका छन् ।
सो कार्यक्रम अन्र्तगत जिल्लामा थप ५ सय हेक्टर माछा पोखरी थप थपिने भएका छन् । अहिले मोरङमा ६ सय हेक्टर जग्गामा पोखरी खनिएका छन् । कार्यक्रम अन्र्तगत पोखरी खन्नेदेखि प्रशोधन केन्द्र स्थापनाका लागि समेत अनुदान दिइने वरिष्ठ कृषि अधिकृत प्रमोदकुमार रिजालले बताए ।
कार्यक्रम अन्र्तगत ६५ पकेट क्षेत्र तथा १५ सय ब्लक बनाएर माछा पालन संचालनमा आउने छ । तीन वर्षभित्र मुलुकलाई माछामा आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको रिजालले बताए ।
प्रादेशिक संरचना अनुुसार बाली छनोट गरेर परियोजना संचालनमा ल्याइएको हो । मोरङ जिल्ला माछा उत्तपादनका लागि उपयुक्त भएकाले माछा जोन छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले बताए । कार्यक्रम संचालन आएसँगै बाहिरबाट आउने माछा प्रतिस्थापन हुने उनको भनाई छ ।