arrow

आयो एक सेकेण्डमै मोबार्इल चार्ज हुने प्रविधि

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
Mobile_Charge.jpeg
काठमाडौं । एक सेकेण्डमै आफ्नो मोबाईल फूल चार्ज गर्न चाहनुहुन्छ ? सुन्दा अचम्म लाग्न सक्छ । तर, यस्तो प्रविधिको विकास भएको छ कि अब त्यो प्रविधिको प्रयोग गरेपछि तपाईको मोबाईल लामो समयसम्म चार्ज टिक्नेमात्रै होईन कि एक सेकेण्डमै मोबाईल फूल चार्ज पनि हुने बताईएको छ । 
 
युनिभर्सिटी अफ सेन्टर फ्लोरिडाका बैज्ञानिकहरुले आविस्कार गरेको सुपर क्यापासिटर ब्याट्रि प्रोटोटाईप नामक प्रविधिको प्रयोगले मोबाईल एक सेकेण्डमा नै फूल चार्ज हुने आविस्कारकहरुको दाबी छ । 
 
आविस्कारकहरुले यो प्रविधि व्यवसायिक रुपमा भने एक वर्षको लागि विक्री नगरिएको बताएका छन् । तर यो विक्री सुरु भएपछि भने मोबाइल फोन, र विभिन्न इलेक्ट्रिक भेइकल्सहरुलाई चार्ज गर्न उपयोगी हुने विश्वास बैज्ञानिकहरुले गरेका छन् । 
 
आविस्कारमा संलग्न एक बैज्ञानिकलाई उद्दृत गर्दै विश्व आर्थिक मञ्चले भनेको छ “यदि प्रयोगकर्ताले व्याट्रिलाई स्थानान्तरण गरेर क्यापासिटर जडान गरेको खण्डमा केही समयमा नै चार्ज हुने मात्रै होईन कि एक सातासम्म चार्ज गरिरहनुपर्ने आवश्यकता रहँदैन ।”  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ