arrow

सिन्धुली महोत्सव पुस दोस्रो सातादेखि

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
sindhuli.jpeg
काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघले आगामी पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । 
 
‘सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्ने गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,’ उनले भने, ‘सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रबर्धन गर्न सिन्धुली महोत्सव गर्न लागेका हौं ।’ 
 
त्यस अबसरमा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले महोत्सवकोे अबलोकन गराउन काठमाडौंबाट ठूलो संख्यामा जिल्लाबासीलाई लैजान ‘जाउँ है सिन्धुली’ अभियान संचालन गरिएको बताए । ‘आगामी बर्ष अंग्रेजी सेनालाई सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले परास्त गरेको २५० बर्ष पुग्दैछ,’ उनले भने, ‘त्यस बर्षभर अभियानले विजयोत्सबका विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।’ 
 
उनले सिन्धुलीका कलाकारहरुको कन्सर्ट, सिन्धुलीगढीवरपरका गाउँमा होमस्टे तालिम, सिन्धुलीका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सिन्धुलीगढीमा तत्कालीन अवस्थामा भएको लडाईंलाई सम्झाउने गरी नाटक प्रदर्शन, गढीमा कला तथा कवि गोष्ठी लगायतका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।  
 
सिन्धुली महोत्सबका सहआयोजकमा सिन्धुली जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको रहेका छन् । महोत्सवमा २५० ओटा स्टल रहनेछन्  । त्यसमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिहरुको उत्पादन प्रर्दशनीमा राखिनेछ । महोत्सवको पार्टनरमा एविसी टेलिभिजन, अर्थ संसार डट कम, स्थानिय दैनिक पत्रिका, एफएम रहेका छन् । 
 
महोत्सवका आकर्षणहरु :
ब्यापार :
– जिल्लाले विशिष्टता प्राप्त गरेका स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दूधजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरुको प्रदर्शनी तथा विक्री ।
– सिन्धुली जिल्लाका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रदर्शनी ।
– मध्यमान्चल क्षेत्रका जिल्लाहरुका विभिन्न ब्यावशायिक सामानहरुको प्रदर्शनी तथा विक्री ।
– फलफूलको क्षेत्रमा सिन्धुली जिल्लाले विशिष्टता हासिल गरेको जुनार बजारको ब्यवस्था ।
– कृषिजन्य उत्पादनको प्रदर्शनी ।
– सूचना प्रविधी तथा अटोमोवाइल्सको प्रदर्शनी ।
– हस्तकला प्रर्दशनी तथा विक्री ।
– वित्तीय संस्था तथा अन्य सेवामूलक संघ संस्थाहरुको सेवाबारे जानकारी ।
 
अवलोकन :
– जिल्लाको प्रमुख धार्मिक आस्था र ऐतिहासिक केन्द्र काली कमलामाईको दर्शन ।
– ऐतिहासिक, धार्मिक स्थल तथा जिल्लाको मनोरम दृष्यावलोकन हुने शिद्घबावा मन्दिरको दर्शन ।
– ऐतिहासिक एवं शक्तिपिठ भद्रकाली मन्दिरको दर्शन ।
– नेपाली पुर्खाहरुले आफ्नो त्याग र उत्सर्ग गरेर राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम गर्न लडेको विख्यात सिन्धुली गढीको अवलोकन तथा ऐतिहासिक अध्ययन ।
– ऐतिहासिक सिन्धुलीगढीवाट गौरीशंकर हिमालको मनोरम दृष्य अवलोकन ।
– हिमवत खण्डमा उल्लेखित पवित्र कौशिका र रोशमती नदीको किनारमा अवस्थित कुशेश्वर महादेव दर्शन । 
– ऐतिहासक धार्मिक स्थल लाङ्गर्‍याङ्ग डाँडाको अवलोकन तथा ऐतिहासिक अध्ययन ।
– फिक्कल डाँडा र हरिहरपुरगढीको अवलोकन ।
यात्रा : 
– सिन्धुलीमाढी सदरमुकामबाट करिव १.५ घण्टाको पैदलयात्रा गरेर धार्मिक एवं रम्य वातावरणबाट तराई तथा अन्य स्थानहरुको अवलोकन गर्न सकिने समुद्री सतहबाट करिव ९०० मिटरको उचाइमा अवस्थित प्रशिद्घ शिद्घबाबा मन्दिरसम्मको यात्रा ।
– सिन्धुलीमाढीबाट खुर्काेटसम्मको ३९ किमि विपि मार्गमा यातायातका साधनबाट रोमान्चकारी यात्रा तथा सुनकोशी नदीको मनोरम दृष्यावलोकन ।
– ऐतिहासिक हरिहरपुरगढीसम्मको पैदल यात्रा ।
– सिन्धुलीको प्रशिद्घ जुनार क्षेत्रको अवलोकन । वोटबाटै जुनार टिपेर खाने प्रवन्ध ।
धर्म संस्कृति तथा चालचलन :
– जिल्लाका जातिगत विविधताको प्रदर्शन, तामाङ्ग सेलो र नृत्य प्रदर्शन, माझी÷दनुवार÷सुनुवार संस्कृति तथा चालचलनको प्रदर्शन, लोपोन्मुख हायू जातीको भेषभुषा तथा चालचलनको प्रदर्शन, वालन भजनको प्रतियोगितात्मक प्रदर्शन, मगर भेषभुषाको प्रदर्शन, नेवारी लाखे नाचको प्रदर्शन ।
मनोरंजन :
– सिन्धुली महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रमको प्रदर्शन । 
– ख्यातिप्राप्त कलाकारहरुविच दोहोरी गीत कार्यक्रम ।
– अन्तरविद्यालय नृत्य प्रतियोगिता । 
– विभिन्न झाँकी तथा प्रवेशद्वारहरुको प्रदर्शन ।
– वाल उद्यानको ब्यवस्था ।
– विभिन्न रोमान्चकारी सर्कसहरु, पिङ, मौतका कुवा इत्यादिको ब्यवस्था ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ