arrow

निर्माणाधीन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैन- सभामुख [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
devraj-ghimirey-05-20.jpg

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भए पनि समयावधि भित्रै सक्ने गरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

बिहीबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउन सके पनि भित्रका फिनिसिङका कुराहरू सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे । उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरू भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे । 

उनले भने, ‘अब छिटो सक्याएर हामीले हाम्रो संसद्का कामहरू यो भवनबाट छिटो क्लियर गर्न पाए हुन्थ्यो भन्ने तीव्र इच्छा छ । हाबी कामहरू रहेको र प्रतिकुलताहरू धेरै भएकाले निर्माणको जिम्मा पाएको टिमले यो कामहरू गर्न गाह्रो भइरहेको छ । अन्त भन्दा फरक के छ भने अन्त निर्माण गरे पनि पेमेन्ट पाउने स्थिति नदेखेर निर्माण व्यवसायीहरूले निर्माणको साइटबाट काम गर्न गाह्रो भइरहेको छ । तर यहाँ त्यो अप्ठ्यारो छैन तर लाग्दा लाग्दै पनि चाहिएको म्यानपावरदेखि अन्य कुराहरू जुन गराउन सकिरहनु भएको छैन । एउटा चिन्ताको विषय के हो भने हामी चैत्र २० भनेको अब ७ महिना छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरू फिनिसिङका कुराहरू सबै कुराहरूले अरू पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ । कसरी छिटो गर्न सकिन्छ, यसमा सबैको साथ र सहयोग खास गरी उत्साहजनक वातावरण बनाएर जानुपर्छ ।’ 


शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्याङ्कन ८१ प्रतिशत रहेको बताए । उनले भवनहरूमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए । उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरू अघि बढिरहेको जानकारी दिए । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिए । 

महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिए पनि अहिलेसम्म शुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्ने गरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ