arrow

केपी ओलीको पहिलो विदेश भ्रमण अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
kp-oli-81-5-20a.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, प्रधानमन्त्रीका निजी चिकित्सकलगायत रहेको बताइएको छ ।

प्रायः प्रधानमन्त्री भएपछि भारत वा चीन भ्रमणमा जाँदै आएकामा यसपालि ओलीको पालामा यो परम्परा तोडिने भएको हो । तेस्रो कार्यकाल सरकारको नेतृत्व गरिरहेका ओलीलाई भारत र चीन दुवैले औपचारिक निम्तो दिएका छैनन् ।

बिहीबारको बैठकले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै बिहीबारको बैठकले पारालिम्पिक्समा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम दिने निर्णय गरेको छ भने प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ