arrow

चेक अनादरमा एक महिनादेखि दुई वर्षसम्मको सजाय हुने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
parliament-economic-committee-cheque-banking-fraud.jpg

काठमाडौँ। प्रतिनिधि सभाको अर्थ समितिमा बैङ्किङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ। आइतबार बसेको समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो।

जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको व्यवस्था राख्न सहमति जनाएको छ।

समितिका सभापति सन्तोष चालिसेका अनुसार १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मकोमा ३ महिना, १ करोडसम्म १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित २ वर्ष कैद सजाय र पाँच प्रतिशत जरिवानाको व्यवस्था गर्नेबारे सहमति जुटाएको छ।



नयाँ