arrow

समितिको प्रतिवेदन संसद्मा पेस गरिँदै, ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राख्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै सवा १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९-८० सभा समक्ष पेस गर्नेछन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०-८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

सभापति पदको निर्वाचनको मिति तोकिने राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको छ । 
 



नयाँ