- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले निर्माणार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो ।
विधेयकमा सार्वजनिक सेवा प्रसारक संस्थाहरूलाई विश्वसनीय र तथ्यपरक बनाउने मूल उद्देश्यसहित सो विधेयक ल्याइएको उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २६ गते बुधबार (भोलि) अपराह्न १ बजेका लागि बोलाइएको छ ।