arrow
ADVERTISEMENT

एमालेको बहुमत, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ने ओलीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
kp-oli-05-29.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिसन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन् । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिसन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । 

उनले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले बन्ने जिकिर गरे । माओवादी केन्द्रले विगतमा निर्वाचनहरूमा जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा ४-५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रूपमा चित्रण गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरू छन् । म त्यो आधारहरूको अहिले अहिले धेरै व्याख्या गर्न चाहन्न । आधारहरू छन् हामीसँग । बलिया आधारहरू छन् । यति बेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनु पर्दछ । र, मिशन २०८४ लाई सफल पार्नु पर्दछ । मिसन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ ? त्यो बेग्लै कुरा हो । जनतामा यदि विश्वास हरायो भने मैले एउटा देखेको थिए–स्थापित एउटा पेपरमा हिजो मात्रै होला । माओवादीको १९ लाख भोट भोट कहाँ गयो भन्ने ? गम्भीर प्रश्न, विश्लेषण थियो । मैले हिजो एउटा पत्रिकामा हेरेको थिए । एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दा खेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दा खेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दा खेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दा खेरी ४-५ लाख आउँला कि । राष्ट्रिय पार्टीसम्ममा अडिएला कि । अवस्था त्यो छ । अब यसको साढे ३ वर्षपछि लेख्दा खेरी ऊसले यसमा कमसेकम ६-७ लाख भोट घटाएर लेख्नुपर्नेछ । नभएका पार्टी जन्मिए । भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरूले खाए होलान् नि । खानै जन्मिएकाहरू छन् । अनि तिनका मुखमा चाहिँ कसरी गाँस पस्यो त । त्यस्तै उस्तै त होला नि ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ