arrow
ADVERTISEMENT

भ्रष्टाचारीको मुखै नहेर्ने ओलीले भने- अब भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
kp-oli-05-29-01.jpg

काठमाडौँ । भ्रष्टाचारीको मुखै नहेर्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताए । उनले सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने पनि प्रतिबद्धता जनाए । उनले फाइल रोकेर एक ठाउँमा बस्ने कुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए ।

 उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए । प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्न सक्ने बताए । उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए । 

उनले भने, ‘हामी नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरू आदि इत्यादि, साना ठूला केही सुन्नुपर्ने छैन भन्ने म ठान्छु । किनभने तपाईंहले बैङ्कबाट लोन प्राप्त गर्न, अरू कुराहरूको लागि सरकारको सेवा प्राप्त गर्न, तपाईँहरूले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू र तपाईंहरुलाई सरकारको तर्फबाट कुनै कार्यालयले पुर्‍याउनुपर्ने सेवा र त्यस सन्दर्भमा सरकारको तर्फबाट अत्यन्तै उत्सुकता र उत्साहका साथ सेवा पुर्‍याउने काम हुनेछ । हामीले सेवाको तरिकालाई अलिकति परिवर्तन गरेका छौँ । पहिलाको तरिका भन्दा, फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरू हुने छैनन् । फाइल फटाफट सर्छ । अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, की एक ठाउँबाट शुरु भएको फाइल त्यो प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ की कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ । त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ । त्यस फाइल ट्रयाकिङ सिस्टमले साधारण हिसाबले हामीले क्युआर कोर्ड राखिदिएका छौँ, त्यो क्युआर कोर्ड ट्रयाकिङ प्रधानमन्त्री कार्यालयले गर्न सक्छ । कहाँनेर छ, त्यो फाइल भनेर ट्रयाकिङ गर्छ । त्यहाँबाट किन अल्झियो, किन घर्रामा यति समय बस्यो भनेर भरसक फाइलहरू टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् । घर्रामा फाइलहरूको बास नहोस्, त्यस ढङ्गले हामीले काम गर्न खोजिरहेका छौँ । त्यसअनुसारको प्रबन्ध गरिरहेका छौँ । छिटो छरितो ढङ्गले तपाईँहरूले सरकारी सेवा पाउनु हुनेछ । डिजिटल नेपालको फ्रेमवर्कलाई अझ परिमार्जित गरी परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पनाका लागि त्यसलाई पूरा गर्न डिजिटल नेपाल फ्रेमवर्क । अब परिमार्जित डिजिटल फ्रेमवर्कमा हामी जाँदै छौँ । सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन । काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन । कतै भन्सुन गर्न जानुपर्ने छैन । त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ