arrow
ADVERTISEMENT

सहकारी छानबिन समितिमा प्रम ओलीले के भने ? [भिडियो]

कोही निर्दोषमाथि कुनै प्रकारको औँलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निष्कर्ष बनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
oli-sahakari.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरूको अनुहार नभई व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन् । शनिबार सिंहदरबारमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै उनले कोही निर्दोषमाथि कुनै प्रकारको औँलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निष्कर्ष बनाउन आग्रह गरे । 

उनले सहकारी पौडी खेल्ने नभई धेरै खेले स्विमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गरे । उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण,लुट, ठगीहरूलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए । उनले समितिले दिएका सुझावहरूको कार्यान्वयन गर्न सरकार तयार रहेको बताए । सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, नियमन गरेर बदमासी हुन नदिने स्पष्ट पारे । 

उनले भने, ‘यो नियामक निकाय पनि धेर भए होलान्, नियामक कसैले गरेन । अनुगमन कर्ताहरू धेरै भए होलान्, अनुगमन कसैले गरेन । सहकारी धेरै भए, सहकारीको काम कसैले गरेन । अथवा कसैले गरेन । केहीले बदमासी गरेका छन् । अहिले पनि ठूलो ठूलो रकम बिगारेका छन् । तर बिगारेको केहीले हो । सहकारी धेरै छन्, धेरै बिग्रिएका छैनन् । अनेक तरिकामार्फत गरिएको शोषण,लुट यस्ता कुराहरूलाई, ठगीहरूलाई नियन्त्रण गर्न, कीर्ते ठगी जस्ता कुराहरू हुन नपाउन् भन्ने कुरामा सरकार सजग छ । त्यसलाई कसरी रोक्ने भन्ने यहाँहरूको सुझाव आओस् । सरकार त्यसलाई कार्यान्वयन गर्न तत्पर छ । सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, कहीँ नियमन गर्नुपर्दा त्यसलाई नियमन गरेर, एउटा सीमा कट्न नदिएपछि त ठूलो बदमासी हुनै सक्दैन । त्यसकारण सहकारी भनेको समुन्द्रमा पौडी खेल्ने जात नै होइन । बढीमा बाथटवमा नुहाउँछ होइन भने यसो स्विमिङ पुलसम्म । त्यो भन्दा ठूलो क्षेत्र यसको होइन । जति ठूलो दायरामा उडेको देखिन्छ, त्यो अनौठो भएकै हो । यसलाई रोक्न यहाँहरूका सुझाव आउन् । कोही निर्दोषमाथि कुनै प्रकारको औँलो नठडियोस् । निर्दोष नपरुन् । कोही पनि दोषी नउम्कियोस् । अनुहार हेरेर काम होइन, व्यवहार हेरेर निष्कर्ष आउन् ।’

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न उपायहरू समेत समितिले सरकारलाई दिनुपर्ने बताए । उनले समितिलाई सरकारले निर्देशन दिने भन्दा पनि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु नहुने बताए । 

उनले भने, ‘हामी सहकारी क्षेत्रका समस्या समाधान गर्न सम्भव, व्यवहारिक केके हुन सक्छन्, ती सुझाव आउन् । यहाँहरूका सुझाव आउन्, त्यो सुझाव हामी कार्यान्वयन गर्छौँ । हामीले समितिलाई कुनै निर्देश दिन भन्ने हुँदैन, समितिले सरकारलाई निर्देश गरोस् । निर्देश समितिले गर्ने हो । छानबिनका निष्कर्षबाट यो देखियो, यो ठाउँमा अनुगमन गर्नुपर्छ, यी सर्तका साथ सहकारी खोल्नुपर्छ । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु भएन । यस समस्याको समाधान हुनुपर्छ भनेर सरकार लागेको । हामी यहाँहरूको रिपोर्ट, सुझावको प्रतीक्षामा छाँै । यो भयानक राष्ट्रिय समस्या भइरहेको छ । अहिलेकै राज्य संयन्त्रबाट छानबिन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने त्यो पनि तपाईँहरूले नै भन्नुस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ