arrow
ADVERTISEMENT

प्रधानमन्त्रीको अमेरिका भ्रमण

अमेरिका भ्रमणमा नेपालको शिर तल पार्ने काम गर्दिन- प्रम ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
kp-oli-05-31.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनै पनि काम नगर्ने बताएका छन् । आफ्नो आसन्न संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने कार्यक्रमबारे सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

सो भ्रमणको क्रममा नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम नगर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले आफूले देश र जनताको लागि आज भन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको उल्लेख गर्दै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने बताए । उनले आफूले संयुक्त राष्ट्र सङ्घको भ्रमणबाट फर्केपछि पनि संसद्लाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘संयुक्त राष्ट्र सङ्घको भ्रमणबारे मैले यस गरिमामय संसद्लाई रिपोर्टिङ गर्नेछु कि मैले यो यो चिज गरेर आएँ, यो यो चिज बोलेर आए भनेर । र, म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिन । एक जना माननीयजीले पनि अघि बढाउनुभएको थियो कि हामीले गर्ने भनेको राजनीति देश र जनताको लागि हो । आजका लागि हो, आज भन्दा बढी भोलीका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौँ । जग राख्ने बित्तिकै बस्न पाइँदैन । जहाँ शिलान्यास गर्छौ, त्यहाँ बस्न पाउँदैनौँ । र भोलि बस्नका लागि हामी बनाउँछौँ । भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ । अनउर्वर हुन्छ । हामी भोलिका लागि बढी काम गर्छौँ । आजका लागि भन्दा । असारका लागि असारका लागि रोपिएको होइन, कार्तिक, मङ्सिरका लागि हो । यो कुरा बुझेर नै हामी हाम्रो नीतिहरूमा अघि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले आफूले सो महासभाका लागि बोल्नै कुनै पनि विषय गोप्य नहुने पनि बताए । उनले भने, ‘म यस गरिमामय संसदलाई सम्माननीय सभामुखज्युमार्फत स्पष्ट गर्न चाहन्छु–नेपालका आफना नीति छन् । आफना दृष्टिकोण छन् । आफ्ना अडानहरु छन् । आफ्ना समस्याहरु छन, आफ्ना उपलब्धिहरु छन् । र ती हाम्रा समस्याहरु, हामीले प्राप्त गरेका उपलब्धिहरु अगाडि बढनुपर्ने अभिभाराहरु छन् । ती कसरी पूरा गर्न सकिन्छ ? या कसरी पूरा गर्ने भन्ने कुरा हामी के प्रयास गरिरहेका छौं यस सन्दर्भमा । त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगतसँग कसरी हातेमालो गरेर अगाडि चाहन्छौं भन्ने कुरा समेतमा आफ्ना दृष्टिकोणहरु नेपालको तर्फबाट मैले प्रश्तुत गर्नेछु । हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढंगले संचालन गर्न हामी आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरुको संक्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धता यी सबै कुराहरुलाई मैले त्यहाँ स्पष्टताका साथ राख्नेछु । नेपाल एउटा सावैभौमसत्ता सम्पन्न स्वतन्त्र र स्वाधिन राष्ट्र हो । यसले आफ्नो राष्ट्रिय गौरवलाई माथि उठाउनेछ । र आफ्ना राष्ट्रिय हितहरु, न्यायोचित राष्ट्रिय हितहरु र अन्तराष्ट्रिय उत्तरदायित्व भित्र रहेर पूरा गर्ने कुरामा, रक्षा गर्ने कुरामा, सम्वद्र्धन गर्ने कुरामा राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिवद्धता । नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन । असल छिमेकीको रुपमा, छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा रहन चाहन्छ । र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ । नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्नेहो भने छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल गाईडेड छ, निर्देशित छ । संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र अन्तरिक मामलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्विकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि हामी संयुक्त राष्ट्र संघमा राख्नेछौं । म यहाँका केही आन्तरिक प्रवृत्तिहरु होलान । थुप्रै साथीहरुले उठाउनुभएको छ आन्तरिक प्रवृत्तिहरुका बारेमा । हाम्रो संसदको गरिमालाई कमजोर बनाउने खालका भाषा, शैली, उत्तेजना वा व्यवहार यस्ता विषयहरुलाई त्यहाँ लगेर छरिने छैन । त्यहाँ राष्ट्रका विषयहरु, राष्ट्रका कुराहरु, राष्ट्रका समस्याहरु, राष्ट्रका चुनौतिहरु, राष्ट्रका अभिभाराहरु, यसमा केन्द्रित भएर त्यहाँ छलफल गरिनेछ । यस पल्ट सामान्य सम्बोधन गर्ने जस्तो मात्रै विषय होइन, विभिन्न विषयहरुमा केन्द्रित भएर संयुक्त राष्ट्रसंघ महासभाले नै छलफलको आयोजनाहरु गरेको छ । फ्युचर समिट भनेर आयोजना हुँदैछ । यो भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने । यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरुलाई कसरी गम्भिरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढने भन्ने सन्दर्भमा छलफल हुनेछ । म त्यहाँ राम्ररी नेपालको दृष्टिकोणहरु प्रश्तुत गर्नेछु । त्यसै गरेर स्मल आइल्याण्ड कन्ट्रीज समुन्द्रको सतह बढेको विषय आदि कुराहरुको छलफल हुनेछ । र, हामी वातावरणीय विषयमा यसको सन्दर्भमा सबभन्दा पहिले त हिमाल र समुन्द्रको इको सिष्टमको बारेमा,त्यहाँ नेपालको दृष्टिकोण पनि प्रस्तुत गर्नेछु । इको सिष्टम र समुन्द्रको सतह बढनुका पछाडि हिमालको हिउँ पग्लिनु कारण रहेको छ । हिमालबाट हिउँ पग्लिएर हिमालमा हिउँ नअडिएको हुनाले अत्याधिक हिउ गएपछि यो सानो मात्रामा जाँदैन । यत्रा यत्रा विशाल नदीहरु बढी हिउँ पग्लिएर अनवरत गईरहेका छन् । र एउटा नियमित चक्रमा मात्रै होइन, बढी गइरहेका छन् । जति हिमालले हिउ बोक्नु पर्दथ्यो, त्यति नबोकिरहेको छ । त्यस्तो किन भएको छ ? त्यसको कारणमा जानु पर्दछ । समुन्द्रको पानी प्रदुषित हुने देख लिएर, वायु मण्डलमा आएको प्रदुषणदेखि लिएर, एसिड र सल्टीसिजहरु हिमालसँग ठोक्किन जाने कुराहरुदेखि लिएर यसले पारेको प्रतिकुल असर जस्ता विषयहरुमा हामीले विश्वको ध्यानाकर्षण गराउनुपर्नेछ । र क्लाईमेटको इस्युसँग हाम्रा हिमालयको सम्बन्ध के छ ? र हाम्रो हिमाललाई, हाम्रो हिमाल भनेको हामे हिमाल मात्रै होइन, हाम्रो भूगोगमा अवस्थित छ आम रुपमा । तर यो ग्लोबल कन्सर्नको समस्या हो यो । जव हामी पिपुल र प्लानेटको कुरा गर्न थाल्दैछौं । आज ध्यान दिनुपर्ने विषय भनेकै दुई वटा हुन–पिपुल एण्ड प्लानेट । इन्भारोमेन्टको कुरा गरौ, पोवर्टी इलिभेसनको कुरा गरौँ या अरु जुनसुकै कुरा गरौ । जे सुकै कुरा गरेपनि पिपुल एण्ड प्लानेट । ल्लानेटको फ्युचर हाम्रो फ्युचर जेनेरेशन र आजको फ्युचर जेनेरेशन चिल्ड्रेन, भोलीको चिल्ड्रेन समेतको भविष्य सुरक्षित गर्ने । यी सबै विषयहरुमा छलफल हुँदैछ । आज दुनियाँले पनि भोगिरहेको र नेपालको पनि बहुतै सिरियस्ली भोगीरहेको ड्रग्सको समस्या यस विषयमा पनि संयुक्त राष्ट्र संघले यस पल्ट सेक्मेन्ट राखेको छ । एउटा छलफलको विषय राखेको छ । तत्सम्बन्धमा हामीले पनि गम्भिर रुपमा ध्यानाकर्षण गर्नुपर्नेछ । यसमा हाम्रो देशभित्र भईरहेको छलफल र अलिक चर्को गरी उठन र उठाउन खोजिएका विषयहरु त्यसको बारेमा अहिले म जान चाहन्न । कति मात्रै भन्न चाहन्छु भने–लागु पदार्थजस्ता कुराहरु यसले मानव जातिको भविष्यलाई खतरामा पार्छ । यस्ता विषयहरुमा हामी सजग हुनुपर्दछ । र, हामीले आफ्ना दृष्टिकोण र ड्रग्स कन्ट्रोल सम्बन्धि र त्यसको प्रयोगलाई समाप्त पार्ने दिशामा नेपालको योगदान र यसको कारोबारलाई अन्त्य गर्ने सन्दर्भमा मैले त्यहाँ दृष्टिकोण प्रस्तुत गर्नेछु । जसले हामीले खतरनाक भविष्यको संकेत गरिरहेका छन, त्यस्ता विषयहरुको बारेमा पनि मैले त्यहाँ बोल्नेछु । साथै यसपल्ट मैले न्ययोर्कस्थित धेरै विद्धानहरु जन्माएको र झण्डै ३ वर्ष पुग्न लागेको इतिहास भएको विश्वविद्यालय न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीमा एउटा सम्बोधन पनि गर्नेछु । त्यसै गरेर बोष्टर्न अवस्थित हार्डवर्ड विश्वविद्यालयमा पनि एउटा सम्बोधन गर्नेछु । र, प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल र नेपालको दृष्टिकोणहरु, नेपालको अवस्था, नेपाल जान खोजेको बाटो बताउनेछु । नेपाल डमोक्रेसीका लागि लडेर आएको छ । पोलिटिकल पार्टी सिष्टम डेमोक्रेटिक सिष्टम हामीले प्रतिस्पर्धात्मक डेमोक्रेटिक सिष्टम हामीले रोजेर ल्याएका हौ । तर प्रतिस्पर्धा । मैले पहिले पनि भन्ने गरेको छ–यसै रोष्टमबाट पनि भन्ने गरेको छु–प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ । प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन । झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन । कुहिनो हानाहाना छिर्के लगाउने प्रतिस्पर्धा होइन । प्रतिस्पर्धा दौडनु हो । हामी स्वतन्त्रताको हकहरुको पक्षमा छौं । वाक स्वतन्तत्रा, प्रेस स्वतन्त्रता र तर सामाजिक मर्यादाहरु, सामाजिक प्रबन्धहरु हामी यनिमल मात्रै होइनौ । हामी सचेत जीव हौं । हामीले समाज डेभलब गरेका छौं । समाजले थिति डेभलब गरेको छ । मूल्यमान्यता डेभलब गरेको छ । हामी ती मूल्यमान्यताहरुलाई भत्काएर हाम्रा संस्कृतिहरु छन, हाम्रा संस्कारहरु छन । कतिपय परम्पराहरु छन । बेठिक र अनुपयुक्त भईसकेकाहरुलाई भत्काएर हटाउनु पर्दछ । र, ठिक कुराहरुलाई जर्गेना गर्दै अघि बढनु पर्दछ । यर्नािकिजम र डेमोक्रेसी । यी कुराहरुलाई हामीले छुट्टयाउनु सक्नु पर्दछ । अराजकता डेमोक्रेसी होइन । मैले २०१९ मा डाभोस इकोनोमिक समिटमा जाँदा त्यहाँ पनि साइडलाइनको एउटा भेटघाटमा न्युयार्क टाईम्सको एक जना पत्रकारले मलाई सोध्नु भएको थियो । प्रेस स्वतन्त्र, वाक स्तन्त्रता, अभिव्यक्ति स्वतन्त्रता आदिको बारेमा । मैले त्यसबेला त्यही भएको थिएँ–पत्रकारिता स्वतन्त्र छ, पीत पत्रकारिता, झुटो, समाजमा बेठिक कुराहरु फैल्याउने पत्रकारिता त्यसलाई हामीले सोधिखोजी गर्नैपर्छ । र, झुटा कुराहरुको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेहरुका परिवार बिगार्ने, उनीहरुको सम्बन्ध बिगार्ने आदि कुराहरु, अरुका कुराहरु अनाआवश्यक ढंगले प्रशनल इस्युहरुलाई पनि खोजेर, उचालेर नभएका कुराहरु पनि जोडने यस प्रकारका क्रियाकलापहरु उचित हुँदैन । 
म सम्मानीय सभामुख मार्फत सबैलाई भन्न चाहन्छु–उठ्दै नउठेका कुराहरुमा, प्रश्तावै नआएका कुराहरुमा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रश्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठाननै नगरेका विषयमा उत्पातै भयो त । म त हेरिराखेको थिएँ– के भएको होला ? उठाएकै छैन । अब कुनै विषयमा कसैले उठाएको विषयमा आजै थुप्रै विषय उठेका छन् । त्यो विषयमा कसैले के हो भनेर छलफल ग¥योभने त्यो छलफल पनि संसदमा आएर भएको होइन । कहीँ कसैले कुरा गरेको रे भनेको सुन्दा के कुरा गरेका थियौ, किन यस्तो कुरा ग¥यौं ? ए बाबा, कस्तो हो त्यो ? संसदमा कुरा उठ्छ । के रहेछ भनेर मान्छेले सोध्न पनि नपाउने ? अनि जेण्डरलगायतका आदि कुराहरु उचालेर अनि गाली गलौजका भाषाहरु । साथीहरु थुप्रैले राखिसक्नु भयो । हामी एउटा बोलौँ ठिक छ । आलोचना गरौँ । तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधिहरु हौँ । हाम्रा क्रियाकलापमा, बोली व्यवहारमा, समाजले एउटा नमूनाको रुपमा खोज्ला नि प्रतिविम्व । आफ्नो शिष्टताको, सभ्यताको, मर्यादाको प्रतिविम्व सांसदहरुबाट आयो भन्ने ठान्नु पर्ला नि । अभिव्यक्तिमा त्यो आयो भन्ने ठान्नुपर्ला । त्यसोभएर म अहिले त्यता धेरै नजाउ । मैले खाली संयुक्त राष्ट्र संघमा म जाँदैछु । र, ढुक्क रहन म माननीयजीहरुलाई भन्न चाहन्छु–फर्किएर आएपछि मैले फेरी सदनको बैठकमा मैले के गरेँ, कसो गरेँ । यसैत मेरो सबै वक्तव्यहरु सबै आईसकेको हुन्छ मिडियाहरु आईसकेको छु । कुनै गोप्य हुँदैन । '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ