arrow

मार्क जुकरबर्गको छोरीलाई मन पराउनेको तछाड मछाड

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
1_-max_1450420087.jpg.jpeg
प्रबिधि डेस्क। फेसबुकका सिइओ  मार्क जुकरबर्ग बुवा बनेपछि उनि आफ्नो समय परिवारमा बिताउन थालेका छन् । पहिलो पटक बुवा वनेका  मार्कले छोरि म्याक्सको तस्वीर  फेसबुक एकाउंटमा  शेयर गरेका छन् । फोटोसँगै उनले '' द फोर्स इन स्ट्रङ विथ दिस वान '' क्यापसन दिएका छन् । म्याक्स तीन हप्तकि भएकि छिन् । यस फोटोलाई करीब १६ लाख फेसबुक प्रयोगकर्ताहरुले लाइक र ३२ हजारले  शेयर गरेका छन् ।
 
फोटोमा म्याक्स जेडी क्लोकको कपडामा देखिएकि छिन् र उनको साथमा चिउवाकाको गुडिया राखिएको छ । यसका साथै फोटोमा  लाइटसाबर पनि रहेको छ । यो स्टार वार सीरीजको थीम हो । मार्क जुकरबर्ग यसका ठुलो फ्यान हुन् । अघिल्लो हप्ता  मार्कले म्याक्सको  डाइपर फेर्दै गरेको  फोटो शेयर गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ