arrow

अमेरिका हिँडेका ओलीको बिदाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
pm-oli-bidai-usa.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किनेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत मन्त्रीहरूले बिदाइ गरे । 

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ