- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भिडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ ।
त्यस्तै एटिएम बुथ, खसी बजार, गरगहना पसल, धार्मिक स्थल, शक्ति पीठ, पूजा स्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।
पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए । उनले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरूको सुरक्षा गरिने बताए । त्यसै गरी धार्मिक मठमन्दिर तथा जात्राहरूको सुरक्षा गरिने पनि उनले बताए । उनले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरूमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गरिने जानकारी दिए । त्यसै गरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गरिने उनको भनाई छ ।
त्यसै गरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भिडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गरिने, गरगहना पसलको सुरक्षामा, शक्ति पीठ, मन्दिर तथा पूजा स्थलमा पनि गस्ती हुने उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरूको सुरक्षाको व्यवस्था मिलाइएको बताए । त्यसै गरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरूमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।
टिकट काउन्टरहरूले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उनले उल्लेख गरे ।