arrow

एकतर्फी खुल्यो दाउन्ने सडक, भासिने क्रम नरोकिँदा दुईतर्फी सञ्चालनमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
daunne-road-bus-81-6-19.jpg

नवलपरासी । शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडक एकतर्फी संचालन भएको छ । जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध रहेको सडक बिहान साढे ९ बजेदेखि देखि एकतर्फी चालु भएको हो ।

प्रहरीले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताएको छ । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ ।

शुक्रबार साझँ ५ः४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारीको ठुलो जाम लागेको छ । एकतर्फी मात्र सडक संचालन भएकोले रोकिएको जाम खुल्न घन्टौं लाग्ने देखिएको छ । 

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ