arrow

मेची राजमार्गको मर्मतसम्भार रोकियो, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जान यात्रु अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
mechi-highway-landslide-81-.jpg

मङ्गलबारे । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।  

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ