arrow

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
petrol-pump.jpeg
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । 
 
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताए । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।
 
भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ