arrow

बाढीले बगाएको खुर्काेटमा बेलिबृज जडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
bridge-khurkot.jpg

काठमाडौँ । सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आइतबारदेखि बेलिबृज जडान शुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर-७ र रामेछाप मन्थली-६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो ।

सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ ।

पुल बगाएर सडक अवरुद्ध भएपछि पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ