arrow

तीन दिने वर्षाले कुहियो लाखौँको आलु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
potato-damage-81-6-21-(11).jpg

काठमाडौँ । असोज १०, ११ र १२ गते गरी तीन दिन लगातार परेको पानीका कारण देशका अधिकांश राजमार्गहरु पहिरोका कारण अवरोध भएसँगै मालबाहक सवारीहरु पनि हप्तादिन सडकमै बस्न पर्ने अवस्था आयो । 

जसका कारण छिमेकी देश भारतबाट ल्याइएका तरकारी विशेष गरी अधिकांश आलु बाटोमै कुहियो र केही सद्दे रहेका आलु व्यापारीहरुले सुकाउन थालेका छन् ।

लाखौँको घाटा लागेको छ । कुहिएकोलाई फ्याँक्ने र सद्दे आलुलाई सुकाउने काम अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको छ । 

त्यहाँका अधिकांश व्यापारीहरुले लाखौँको आलु फ्याँक्न परेको तर सरकारले केही राहत नदिएको गुनासो गरिरहेका छन् ।

भारतको गुजरात, पंजाब लगायतका स्थानबाट नेपालमा आलु आयात हुने र सो आलु १ बोरा किन्दा प्रति केजी ५७-५८ रुपैयाँ पर्ने भएता पनि अहिले बाटोका कारण धेरै आलु कुहिएको र घाटा सन्तुलन गर्नका लागि केही महँगो भएको व्यापारी सन्तोष ओस्तीले बताए ।

उनले आफ्नै ३ लाख रुपैँया क्षति भएको र साथीहरुले त गाडीका गाडी फ्याँक्नु परेको सुनाए ।
 

potato-damage-81-6-21 (1).jpg
potato-damage-81-6-21 (2).jpg
potato-damage-81-6-21 (3).jpg
potato-damage-81-6-21 (4).jpg
potato-damage-81-6-21 (5).jpg
potato-damage-81-6-21 (6).jpg
potato-damage-81-6-21 (7).jpg
potato-damage-81-6-21 (8).jpg
potato-damage-81-6-21 (9).jpg
potato-damage-81-6-21 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ