कुमारी बैङ्कको गैँडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
469
Shares
तस्बिर : फाइल
काठमाडौँ। युसएड सँगको साझेदारीमा “देशै भरि वर्षै भरि” उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैङ्कले गैँडाकोटमा उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैङ्कले यस अभियानमा सर्व साधारणहरूको विषयगत संवेदनशीलता लाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।