गुल्मी । गुल्मीको नेटा गाविसबाट सञ्चालित बडिघाट खोला लघुजल विद्युत आयोजना कुलोको नहर मर्मत संम्भारपछि सञ्चालनमा आएको छ ।
विद्युत आयोजनाको नहर गत साउन महिनामा बढिघाट नदीले बगाएपछि अबरुद्ध बनेको विद्युत डेढ महिना लगाएर सञ्चालनमा ल्याइएको आयोजनाका अध्यक्ष रामराज घिमिरेले जानकारी दिए ।
लामो समयपछि विद्युत सेवा सुचारु हुदा गुल्मी र बाग्लुङ्गका दुई गाविसका झण्डै एक हजार घरधुरीका उपभोक्ता, विजुली वत्ति,उद्योगधन्दा, फोनसेवा लगायत विद्यार्थीको पढाई समेतमा सहजता भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।