arrow

चाडमा यात्रु अलपत्र

पहिरोले बीपी राजमार्ग पुनः अवरुद्ध

बस र सुमो पुरिए पनि मानवीय क्षति भएन, पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
bp-highway-block.jpg
तस्बिर – फाइल ।

धुलिखेल । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । 

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड  बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।  

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ