arrow

परिवर्तनको हल्ला गर्नेलाई प्रधानमन्त्री ओलीले दिए चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
kp-oli-81-6-30yy.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘मैले पहिले नै भनिसकेको छु, आफैँ फेरिन्छ यो सरकार । यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन् । उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रहरीमा अहिले पनि पर्याप्त सुबिधा र पूर्वाधारमा कमी रहेको आफूलाई जानकारी रहेको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ