रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
1.8k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । उक्त अनुमतिअनुसार नै कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको हो ।
उनलाई पक्राउ गर्न प्रहरी उनी रहेको पार्टी कार्यालय वनस्थलीमा गइसकेको छ ।
उनीमाथि यसअघि दोहोरो नागरिकता प्रकरणमा कारबाही भएको थियो भने दोहोरो पासपोर्टको विषय अझै टुंगेको छैन ।