वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस शुरु, नौ लाख ३२ हजार पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
7.9k
Shares
काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
करिब १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारसम्म चल्ने छ ।
नेपाली टेनिसको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।