arrow

सूर्यदर्शन सहकारीको अनुसन्धान तीव्र, डीएसपी तिवारी पनि कास्कीमै खटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
sundar-tiwari-dsp.jpg

पोखरा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी नायव उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई कास्कीमा खटाएको छ ।

सहकारीबारे प्रहरीका दुई अधिकृत केही अघि पोखरामा आएर अनुसन्धान गरिरहेका छन् । उनीहरुलाई सहजीकरण गर्न डीएसपी तिवारीलाई पनि पोखरा पठाइएको बताइन्छ । डीएसपी तिवारी तीन वर्ष अघि कास्कीमै कार्यरत थिए ।

सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ कास्की ल्याइएसँगै डीएसपी तिवारीलाई पनि पोखरा खटाइएको हो ।

गत शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिन म्याद थपिएको छ । उनी अहिले कास्की प्रहरी हिरासतमै छन् ।

लामिछानेमाथि अनुसन्धान गर्ने जिम्मेवारी कास्कीका डीएसपी वसन्तकुमार शर्माले पाएका छन् । लामिछानेको मंगलबारदेखि सहकारी वकीलको कार्यालयमा बयान सुरु भएको छ ।

लामिछाने अघि असोज ६ गते नेपाल प्रहरीकै पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरिएको थियो । उनी तेस्रो पटक २० दिन म्याद थप भएर अनुसन्धान चलिरहेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएकामा बुधबार कास्कीमै फर्काइँदै छ । मंगलबार करिब आठ घण्टा लगाएर उनको बयान लिइएको थियो ।

गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले गएको र त्यो रकम अपचलन गरिएको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ