प्रधानमन्त्री ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
388
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा उपलब्धिहरु सार्वजनिक गर्ने भएका छन् । उनले आज दिउँसो ३ बजे सिंहदरबारबाट सम्बोधन गरी प्रगति विवरण सार्वजनिक गर्ने भएका हुन् ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेबारे जानकारी दिइएको थियो । सत्ता गठबन्धनले सरकारले निकै लयमा रहेर उत्कृष्ट काम गरिरहेको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्नेमात्र काम गरेको भन्दै शनिबार काठमाडौँमा खबरदारी सभा गर्ने उद्घोष गरिसकेको छ ।