arrow

सरकारका सय दिन

सय दिनमा घोषित कार्यक्रमको सत्तरी प्रतिशत काम सकिएको प्रधानमन्त्री ओलीको दाबी

सहकारी ठग जोसुकै भए पनि उम्कन पाउँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
kp-sharma-oli-81-7-7y.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्छु भनेका सत्तरी प्रतिशत काम सकेको दाबी गरेका छन् । सरकारका सय दिनको उपलब्धिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले सरकारले गर्ने भनेका सत्तरी प्रतिशत काम सकेको दाबी गरेका हुन् । उनले सय दिनभित्र गर्ने भनेका बाँकी कामहरु विपत्ति एवं विभिन्न अवरोधका कारण पूरा गर्न नसकिएको पनि बताए । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले बाढीपहिरो, दुई ओटा बस त्रिशूलीमा बेपत्ता र दुई ओटा हवाई दुर्घटनाले गर्दा दुःखीत तुल्याएकोसमेत उनले बताए । 

उनले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराएको पनि सुनाए । 

सरकारले द्रूत गतिमा काम गरेको भन्दै उनले दशैँका बेलामा सडक नबन्दा र जोखिमका कारण घर नफर्कने चिन्तालाई हटाउँदै काम छिटो सम्पन्न गरेको बताए । 

एक वर्षअघिको भूकम्पको पुनःनिर्माणको काम तत्कालै शुरु हुनुपर्नेमा त्यो नभएकाले आफूले सरकारको नेतृत्व गरेपछि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरिसकेको बताए । 

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।
 
प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उनले बताए । 

उनले सहकारी ठग जोसुकै भए पनि उम्कन नपाउने भन्दै कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताए । 

विदेशमा बिजुली बेच्नु ठूलो महत्वाकांक्षा हो भनिरहेका बेलामा सय दिनको अवधिमा बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्न त्रिदेशीय सम्झौता भएकोसमेत ओलीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ