arrow

ओलीको साख झर्‍यो भन्ने ?

झुटा र बेइमान कुरा गर्नेहरूलाई उत्तरदायी बनाउने ओलीको चेतावनी [भिडियो]

सरकारले मुलुकमा अराजकता चल्न दिँदैन- ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
kp-oli-07-11-01.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरूलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन् । रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभाबी बोल्ने कुराहरूलाई उत्तरदायी बनाउने बताए । 

आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकार गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरूलाई तह लगाउने हैसियतमा रहेको पनि बताए । सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरूलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘अब राज्यको काम बिस्तारै घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका स्पिचहरु, त्यस्ता जथाभाबी बोल्ने कुराहरू, अश्लील, छाडा, असामाजिक, झुट, बेइमानी त्यस्ता कुराहरूप्रति हरेक व्यक्तिलाई उत्तरदायी बनाउने बाटो सरकारले अब लिन्छ । यो अराजकता सधैँ यसै गरी चल्न सक्दैन । र म भन्न चाहन्छु–यी कुराहरू कार्यान्वयन गर्नका लागि अहिलेको सरकार कमजोर सरकार होइन । यस्ता काम गर्न सक्ने सरकार हो । यस्ता काम अघि बढाउन सक्ने सरकार हो । त्यसकारण यो कुरामा म सबै साथीहरूलाई स्पष्ट रहन आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरू कसैद्वारा परिचालित भएको जिकिर गरे । उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरूलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताए । एमालेको साख नघटेको र आफूहरूले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले भने, ‘केपी ओलीको पहिलेको साख गयो, खत्तमै भयो, माटोमा मिल्यो भनेर कराएका छन् । औषधि बेच्ने कराउँथ्यो उहिले, त्यसै गरेर कराएका छन् । केपी ओलीको साख झर्‍यो । यिनको काम त्यो हो । त्यसका लागि नै यिनीहरू यहाँ जन्मेका हुन्, जन्माइएका हुन् । यी खटेका छन्, खटाइएका हुन् । त्यसकारण यो भ्रममा नपरौँ । जनताको त्यत्तिको सचेत छ, नबोलेको हो । नेकपा एमालेले अव सभाहरू गर्दै जान्छ, त्यति बेला हेरौँ–नेकपा एमालेको साख घटेको छ कि छैन ? २०८४ को निर्वाचनमा हेरौँ–नेकपा एमालेका साख घटेको छ कि छैन ? केपी ओलीको साख घटेको छ कि छैन–२०८४ को निर्वाचनमा हेरौँ । कसलाई मन पर्छ, पर्दैन । तर हामी त राष्ट्रिय राजनीतिकलाई ड्राइभ गरिराखेका छौँ त ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ